काठमाडौँ- रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक युवकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।

उनीसँगै स्याङ्जाका हरिप्रसाद अर्याल र धादिङका राजकुमार गिरीको मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो ।


रुसी सेनामा भर्ती भएका युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको जनाएको छ ।