सेती ६ परियोजना जाने सडक निर्माणको सम्झौता

डोटी – प्रस्तावित ४ सय ५० मेगावाटको सेती नदी ६ परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माण गर्न सम्झौता भएको छ । बोगटान फूडसिल गाउँपालिकाको मोरासैन सम्म पहुचमार्ग निर्माणको लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बीच सडक निर्माणका लागि सम्झौता भएको हो ।

maya metro hospital

पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्य अध्यनका लागि भारतीय कम्पनी एनएचपीसीसंग लगानी बोर्डको सम्झौता छ । सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठीनाइ भइरहेको लगानी बोर्डसँग गुनासो गरेको थियो । सोहि अनुसार खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको भौत्तिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले बताए ।

citizen security services

सम्झौता पत्रमा सो सडकका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ भने स्थानीय स्तरमा आवश्यक समस्या समाधानको जिम्मेवारी पालिकाले व्यहोर्ने छ । गाउँपालिका अध्यक्ष कमलसिंह गडसिलाले १५ किलोमिटर लम्बाई रहेको सो सडकको डिपीआर पालिकाले तयार गरिसकेको बताए । उनले चालु आर्थिक वर्षभित्रै वातावरणीय प्रभाव अध्ययन गरिसक्ने बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.