कैलालीको गोदावरी नगरपालिका सुगमभित्र समावेश

अत्तरिया – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नयाँ वर्गिकरण अनुसार कैलालीको गोदावरी नगरपालिका सुगमको सुचिमा परेको छ । मन्त्रालयले गरेका सुदूरपश्चिमका ८८ वटा पालिकाहरुको वर्गिकरण अनुसार गोदावरी सुगम क्षेत्रमा परेको हो ।

maya metro hospital

सुगम क्षेत्रमा कैलालीका गोदावरी सहित धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिका परेका छन । यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकालाई पनि मन्त्रालयले सुगम क्षेत्रमा समावेश गरेको छ ।

नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका मध्यम पालिकामा २५, दुर्गममा १३ र अति दुर्गममा ४६ पालिका परेका छन् । कैलालीका ३ र कञ्चनपुरका १ गरी ४ पालिका बाहेक  प्रदेशका अन्य कुनै पनि पालिका सुगमको सुचिमा परेका छैनन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.