
डोटी – डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्। सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपको पछाडिबाट खसेर डडेल्धुराको अजयमेरु गाउँपालिका – २ रोल्लीका गम्भीर सिं साहु घाइते भएका हुन ।
उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उनी पूर्वीचौकी गाउँपालिका – १ बुढाबाँज भन्ने स्थानमा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जीप चालक पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका उदय सिं नेगी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


















