प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजयी

धनगढी – प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई २४ रनले पराजित गर्दै सुदूरपश्चिमले पाँचै जित निकालेको हो ।

maya metro hospital

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनापछि सुदूरपश्चिम २४ रनले विजयी भयो ।

गण्डकीकी सुमन खतिवडाले सर्वाधिक ४९ रनमा अविजित रहिन् । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सिर्जना पौडेल र सिमाना केसीले क्रमश १५ र १९ रन बनाए । ज्योत्सनिका मरासिनीले १२ बलमा २ चौकासहित १५ रन बनाइन् । कुसुम गोदार १ रनमा अविजित रहिन् । सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले एक÷एक विकेट लिए ।

attariya hospital

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन् । उनले ११ बलमा ६ चौका प्रहार गरिन् । रेवती धामीले १८, लक्ष्मी साउदले १६ रन बनाइन् । रितु कनौजिया र अनु खडायत क्रमशः २१ र २ रनमा अविजित रहे । गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले समान २÷२ विकेट लिए । सुमन खतिवडाले १ विकेट लिइन् ।

गण्डकीले प्रतियोगितामा १ मात्र जित हात पा¥यो भने ६ खेलमा पराजय बेहोर्दै प्रतियोगिता सकाएको छ । सुदूरपश्चिम भने यसअघि नै प्लेअफ पुगिसकेको छ । सुदूरपश्चिमले ७ खेलमा ५ जित र २ हार बेहोरेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.