धनगढी – भारतको पलियामा लुटपाट भएर अलपत्र परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । भारतको बैंलोरबाट नेपाल आउने क्रममा बाँकेको खजुरा गाउँपालिकाकी २२ वर्षीया सजना सुनाइमाथि लुटपाट भएको थियो ।
लुटपाट हुँदा अलपत्र अवस्थामा रहेकी उनको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहत रहेको त्रिनगर सहायता कक्षले उद्धार गरेको हो ।
मन्त्रालयका अनुसार शुक्रबार बिहान ९ बजेतिर उनिमाथी पलियामा लुटपाट भएको थियो । उनलाई उद्धार पश्चात बाँके सम्म जाने रकम सहायता कक्षले प्रदान गरेको बताईएको छ ।