कञ्चनपुरबाट २ लाख बढीको अवैध सामान बरामद

अत्तरिया – कञ्चनपुरबाट २ लाख बढीको अवैध सामान बरामद गरिएको छ । प्रहरीले भिमदत्त नगरपालीका – ६ ऐठपुरबाट भन्सार छली ल्याएका २ लाख २२ हजार २ सय मुख्य बराबरमा अवैध सामान बरामद गरेको हो ।

maya metro hospital

बेवारिसे अवस्थामा भेटिएका बिडी, जुत्ता, स्टिलका भाडाकुडा, तेल, सुर्ती, साबुन, काजु, फोटोकपी पेपर, मिठाई, मिश्री र सलाई लगायत समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उक्त सामान शुक्रबार आवश्यक कारवाहिका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको भनाइ छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.