कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा आगलागीपीडित परिवारलाई नगद सहयोग गरिएको छ । बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन समितिले बेलौरी-३ र पुनर्वास-१ को सिमानामा घर भएका २८ वर्षीय सन्देश तिरुवाको परिवारलाई नगद रकमसहित राहत सामग्री सहयोग गरेको हो ।
ग्याँस लिक भई आगलागी हुँदा सन्देशकी श्रीमती २६ वर्षीया निकला, १५ वर्षीया छोरी रोशनी, सात वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोहन जलेर घाइते भएका थिए । उपचारको क्रममा ३ जनाको मृत्यु भएको थियो भने रोशनको उपचार भइरहेको छ ।
बुधबार पीडित परिवारलाई घरमै पुगेर राहतस्वरूप २५ हजार नगदसहित न्यानो कपडा, खाद्यान्न लगायतका सामग्री सहयोग गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले बताए ।