बैतडीको सुर्नयामा १४ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा यही पुस १४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सुर्नया-५ स्थित रौलेश्वर मावि रामकिबरायलमा प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतियोगिता पुष १४ गते सुरु भई १६ गतेसम्म सञ्चालन हुने पालिकाले सूचनामार्फत जनाएको छ । पालिका भित्रका सम्पूर्ण विद्यालयलाई प्रतियोगितामा सहभागी हुन भनिएको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तरगतका खेलहरू हुनेछन् ।
जिल्ला खेलकुद विकास समितिले पुस मसान्तसम्म पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ ।