खाेज्नुहाेस

बैतडीमा बँदेलको आक्रमणबाट एकजना घाइते

Image

बैतडी –बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । बँदेलको आक्रमणबाट मेलौली नगरपालिका –२ का अन्दाजी ३५ बर्षीय रामबहादुर चन्द घाइते भएका हुन ।

navjiwan hospital

चन्दलाई बुधबार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको छ । बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ ।

attariya hospital

घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको र त्यहा पनि उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको मेलौली नगरपालिका –२ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए ।