तनहुँमा जिप दुर्घटना, कैलालीका दुईसहित सुदूपश्चिमका ३ जना घाइते

तनहुँ- तनहुँमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना सुदूरपश्चिमका रहेका छन् ।

maya metro hospital

पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउसमा मङ्गलबार बा १७ च ७९६० नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ का २७ वर्षीय दयाराम राना, गोदावरी नगरपालिका–३ मालाखेतीका ३० वर्षीय खगेन्द्रराज पनेरु र दार्चुलाको महाकाली नगरपालिका–५ का २४ वर्षीय राकेश भट्ट घाइते भएका छन् ।

त्यस्तै, सुर्खेत वीरेन्द्र नगरपालिका–६ बस्ने २८ वर्षका थानेश्वर भट्टराई र सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने २८ वर्षका निबस खत्री पनि घाइते छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टका अनुसार घाइते चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र मालाखेतीका खगेन्द्रराज पनेरुलाई चितवन पठाइएको छ ।

attariya hospital

मुग्लिङ जाँदै गरेको बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.