कञ्चनपुरमा क्यासिनोमा काम गर्ने प्रियंका मृत फेला

कञ्चनपुर- कञ्चनपुरको एक क्यासिनोमा काम गर्ने महिला मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–५ वनखेतमा रहेको डायमण्ड क्यासिनोमा काम गर्ने प्रिंयका राजवंशी मृत फेला परेकी हुन् ।

maya metro hospital

झापाको मेची नगरपालिका–६ घर भएकी राजवंशी हिजो आफ्नै कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको र मृत्युको कारण खुल्न नसकेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.