गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार


अत्तरिया – कैलालीको गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार गरिएको छ । मंगलबार साँझ गोदावरी नगरपालिका – १२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो । 

maya metro hospital

कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियामा प्रमुख निरञ्जन कडालले बताए । उनले पासोबाट उद्धार गरी ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको बताए ।

चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो ।  वनमा पासो कसले थापेको भन्ने बारे नखुलेको जनाइएको छ । 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.