खाेज्नुहाेस

लागूऔषध सहित कञ्चनपुरबाट एक युवक पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका –६ नकैयाबाट ०.३४ ग्राम लागूऔषध खैरोहेरोईनसहित कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने २५ वर्षीय पुष्कर चौधरी पक्राउ परेका हुन्।

सोमबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध फेला पारेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

attariya hospital