खाेज्नुहाेस

सुदूरपश्चिममा १.४ प्रतिशत क्रिश्चियन

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा १.४ प्रतिशत क्रिश्चियन जनसंख्या रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार २६ लाख ९४ लाख ७८३ जनसंख्या रहेको सुदूरपश्चिममा ३७ हजार ५४० क्रिश्चियन धर्म मनाउने रहेका छन । सुदूरपश्चिममा ९७.४ प्रतिशत हिन्दु, ०.८ प्रतिशत बौद्ध, ०.३ प्रतिशत इस्लाम, ०.०१ प्रतिशत किरात, ०.१ प्रतिशत प्रकृति, ०.०१ बोन र बहाइ धर्मावलम्बी रहेका छन ।

नेपालमा ८१.२ प्रतिशत हिन्दु, ८.२ प्रतिशत बौद्ध, ५.१ प्रतिशत इस्लाम, ३.२ प्रतिशत किरात, १.८ प्रतिशत क्रिश्चियन र अन्य वाँकी धर्मका रहेका छन ।

attariya hospital
navjiwan hospital

गोदावरीमा १ हजार ३७३ क्रिश्चियन

जनगणना २०७८ अनुसार कैलालीको गोदावरी नगरपालिकामा १ हजार ३७३ जना क्रिश्चियन समुदायका रहेका छन । जुन कुल जनसङ्ख्याको १.४ प्रतिशत हो ।

९८ हजार ७४६ जनसंख्या रहेको गोदावरीमा ९६ हजार ४८७ अर्थात ९७.७ प्रतिशत हिन्दु रहेका छन । त्यस्तै ६२७ बौद्ध, १८८ इस्लाम, ९ किरात, ४७ प्रकृति र १० बोन धर्मावलम्बी रहेका छन ।

maya metro hospital

समाचार श्रोत : राष्ट्रिय जनगणना २०७८