मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
काठमाडौँ- सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाएका छन् । सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएका हुन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ ।
बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलतर्फ गएका बताइएको छ ।