खाेज्नुहाेस

पत्ताल भुवनेश्वर गुफाभित्र पुग्यो विशेषज्ञ टोलि

Image

बैतडी – दक्षिण एसियाकै लामो गुफा दावी गरिएको बैतडीको सर्नुया गाउँपालिका २ स्थित पत्ताल भुवनेश्वर गुफाभित्र विशेषज्ञ टोलि पुगेको छ । बेलायतका पिटर एलिसन तथा बाङ्लादेशका आरिफ गोइया, पत्ताल भुवनेश्वर धार्मिक वनका अध्यक्ष अरुण बिष्ट, स्थानीय कैलाश चन्द र पत्रकार अमरराज भट्टराईको टोली गुफा भित्र पुगेको हो ।

navjiwan hospital

टोलीले गुफाभित्र ६ घण्टा अध्ययन गरेको थियो । यसअघि फ्रान्सेली गुफा विषेशज्ञको टोली गुफाभित्र गएको थियो । अनुगमनका क्रममा पनि गुफा विषेशज्ञ बेलायतका पिटर एलिसनले गुफाको गहिराई धेरै नै रहेको बताएका छन् ।

attariya hospital

‘अन्तिम बिन्दुमा नपुगुन्जेलसम्म केहि भन्न सकिन्न,’ टोलीका सदस्य पत्रकार अमरराज भट्टराईले पिटरको भनाईलाई उदृत गर्दै भने, ‘गुफा निकै गहिरो रहेछ, अन्तिम विन्दु पत्ता लगाउन सजिलो पनि छैन ।’ गुफाको अन्तिम बिन्दुसम्म भने टोली पुग्न नसकेको जनाइएका छ ।

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले करिब ८ सय मिटर गहिराइमा पुगेर फर्किएको थियो । जर्मन गुफा विशेषज्ञको टोलीले पनि गुफाको अन्तिम बिन्दु पत्ता लगाउन सकेको थिएन । गुफा करिब ३ हजार मिटरभन्दा बढी लामो गुफा रहेको दावी गरिन्छ ।