खाेज्नुहाेस

धनगढीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

Image
navjiwan hospital

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय पुष्पबहादुर कामीको मृत्यु भएको हो ।

शनिबार राति धनगढी–१८ फूलबारीमा उनले चलाएको से५प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital