शरणार्थी शिविरमा आगलागी
काठमाडौँ- झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आज बिहान दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको हो ।
शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ ।
दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ ।