कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका- ४ मा ३ महिने ब्युटीसियन सम्वन्धी तालिम सुरु गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आयोजनामा शनिबार बेलौरी नगरपालिका -४ मा तालिम शुरु भएको हो ।
प्रत्येक बर्ष सञ्चालन गर्दै विविध तालीम संचालन गर्दै आइरहेकोले यस वर्ष पनि निरन्तरता दिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।
अध्यक्ष ढकालका अनुसार गत बर्ष २० जनालाई जिपकार ड्राइभिङ,ग्रिल आल्मुनियम सम्बन्धि तालिम सञ्चालन गरिएको थियो ।
३ महिने व्युटिसियन तालिममा सहभाग बेलौरी नगरपालिकाका १,४,५,६र ७ वडाका २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।