कञ्चनपुरमा ट्याक्टरले कुल्चिदा एक बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको बेदकोटमा ट्याक्टर कुल्चिदा एक बालकको मृत्यु भएको छ । बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएको हो ।

maya metro hospital

शनिबार बेलुका भित्री सडक खण्डमा बाटोमा खेलिरहेका बालकलाई से १त ८९३० नम्बरको ट्याक्टरले कुल्चिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबक्ता डिएसपी प्रकाश डागिले बताए ।

ट्याक्टर चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । बालकको मृत्यु पछि आर्कोशित पीडित परिवारले पुर्व पश्चिम् महेन्द्र राजमार्ग पुर्ण अवरोध गरेका छ्न ।
आफन्तले बालक शव उठाएका छैनन् । प्रहरी प्रशासन अबरुद्ध सडक खुलाउन लागिरहेको छ ।

attariya hospital

अपडेट समाचार :  कञ्चनपुरमा ट्याक्टरले बालक कुल्चेपछि अबरुद्ध राजमार्ग सुचारु

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.