खाेज्नुहाेस

अत्तरियामा अग्नी सुरक्षा तालिम

Image

अत्तरिया – कैलालीको अत्तरियामा अग्नी सुरक्षा तालिम आयोजना गरिएको छ । सैपाल ग्यास प्रालिको आयोजनामा १ दिने अग्नी सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्नी सुरक्षा सम्बन्धी उमेश जङ रायमाझीले प्रशिक्षण दिएका थिए ।

उनले तालिममा ग्यास सिलेन्डरको भण्डारण गर्ने तरिका, भान्सामा सुरक्षीत तरिकाले ग्यास सिलेन्डर प्रयोग गर्ने तरिका, ग्यासबाट आगलागी भए जोगिने तरिकाका बारेमा जानकारी दिएको बताए । उनले ग्यास कम्पनीहरुले अपनाउने सावधानी, आगलागी भइहाले बच्ने उपायका बारेमा पनि तालिममा जानकारी दिएको बताए ।

attariya hospital
navjiwan hospital

तालिममा सहभागि ग्यास डिलरका प्रतिनिधिहरुले तालिम निकै लाभदायक भएको बताएका थिए । लम्कीमा सौपाल ग्यासको डिलर संचालन गरेका बालाराम जौसीले तालिममा ग्यासको भण्डारण गर्ने देखि लिएर अन्य सुरक्षाका बारेमा जानकारी पाएको बताए ।

‘यी तालिम पहिले नै भैसक्नुपथ्र्यो । ढिलै भएपनि हामीले यो तालिम पाएका छौ’ उनले भने ‘हामीले अब ग्राहकहरुलाई पनि यो तालिममा सिकको कुरा सिकाउने छौ ।’ उनले तालिममा ग्यासमा लिकेज भएको पत्ता लगाउने तरीका, ग्यास लोड अनलोड गर्ने तरिका, भण्डारण गर्ने लगायतका तरिका जानकारी प्राप्त भएको बताए ।

धनगढीमा सौपाल ग्यासको डिलर संचालन गरेका भेष न्यौपानेले ग्यासको कारोबार गर्ने र उपभोग गर्ने विषयमा तालिम निकै फलदायी भएको बताए । उनले यो तालिम सबैले सिक्न आवश्यक रहेको बताए ।