काठमाडौँ- म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरबमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो ।
सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे । उसले थप १ गोल उपहार पाएको थियो । योसँगै सिटीले सन् २०२३ मा पाँच वटा उपाधि जित्न सफल भएको छ ।
सिटीले यसअघि प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर लिगको उपाधि जितेको थियो ।