कञ्चनपुर – नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले समसामयिक विषयमा बेलौरीमा घुम्ती बैठक सम्पन्न गरेको छ । शुक्रबार पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीको अध्यक्षतामा घुम्ती बैठक बेलौरिमा सम्पन्न भएको हो।
पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले बैठकबाट बेलौरीको शोभाताल सहितका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै प्रर्बद्धनमा सहयोग गर्ने लगायत समसामयिक विषयमा छलफल गरिएको बताए।
‘पत्रकार महासंघ जिल्लाको बैठक हरेक पालिकामा घुम्ती बस्छ यस पटक बेलौरीको पर्यटकीय स्थान लगायत जिल्ला थुप्रै पर्यटकिय स्थानहरुको प्रचारप्रसारमा सहयोग गर्छौ’ सचीव अवस्थिले भने ‘महासंघको पालिका अनुरुप फरक फरक बैठकबाट पालिका समस्या र सम्भावना बारे मुद्दा उठान गर्दै आएका छौँ ।’
पत्रकार महासघ कञ्चनपुरले जिल्लाका पत्रकाहरुलाइ आचारसंहितामा रहि काम गर्न समेत निर्देशन दिएको छ । बैठकले जिल्लाका पत्रकार बिमल धामीले उठान गर्दै आएका विषयमा केही व्यक्तिहरुले अस्वभाविक टिकाटिप्पणी एव मानसिक रुपमा दिईरहेको टर्चर बारे गम्भिर ध्यानाकर्षण भएको जनाउँदै समाचारमा असहमती भए सम्बन्धीत संचार माध्यम वा कानुनी उपचारमा जान आब्हान गरेको छ ।
त्यस्तै पत्रकार भूपि उपाध्यायको उपचारका लागि आवस्यक खर्च जुटाउने निर्णय समेत भएको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतामा बसेको बैठक तथा छलफलमा बेलौरी नगरका मेयर प्रमुख अथिति रहेका थिए ।