पञ्चेश्वरको दलित बस्तीमा रहेको विद्यालयको बिजोग (भिडियो )


अत्तरिया – नेपालमा बिस १९१० देखि औपचारिक शिक्षाको सुरुवात भएपनि त्यसको करिब १ सय वर्ष पछि मात्रै दलित समुदायका लागि शिक्षाको ढोका खोलिएको थियो । राणाशासनमा शिक्षा लिनबाट बञ्चित गरिएका दलित समुदाय प्रजातन्त्र स्थापना पछि बिस २००८ असोज १५ बाट विद्यालयमा पढ्न पाउने भए । पढ्नबाट बञ्चित गरिएको दलित समुदायका लागि शिक्षाको ढोका खुला भएपनि अझै त्यो सबैको पहुँचमा छैन । जसका क्षतिपुर्ती स्वरुप हाल नेपालको संविधानमै दलित विद्यार्थीका लागि प्राथमिक तहदेखि उच्च शिक्षा सम्मको कानुन बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । 

maya metro hospital

कानुनी प्रावधानका बावजुद हाल पनि दलित समुदाय शिक्षाको सहज पहुच पुग्न सकेको छैन । त्यसको एक उदाहरण बनेको छ बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ मा रहेको कैलपाल आधारभूत विद्यालय । ९० प्रतिशत भन्दा बढी दलित बालबालिका अध्ययन गर्ने यो विद्यालयका बालबालिका बालबालिकाले विद्यालयमा हुनुपर्ने न्यूनतम सेवा समेत लिन पाएका छैनन् । २१७ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा विद्यार्थीको अनुपातमा भवन नहुँदा विद्यार्थीहरू जीर्ण भवनमा पढ्न बाध्य छन । 

विद्यालयमा ४ कोठे र २ कोठे गरी २ वटा नयाँ भवन भएपनि ति भवनमा सबै कक्षा कोठा संचालन गर्न नसक्ने अवस्था भएकाले हाल जीर्ण भवनमा विद्यार्थी राखेर पठनपाठन गराउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक उमेद राम जौजीले बताए । पुराको भवनमा झ्याल ढोका छैनन् भने हावाहुरीले छानो उडाएको ४ वर्ष बितिसक्दा पनि मर्मत गरिएको छैन ।

attariya hospital

‘हामीले विद्यार्थीलाई बरण्डा, आगनमा बसाएर पनि पठनपाठन त सञ्चालन गरेकै छौ’ प्रधानाध्यापक जौजीले भने ‘योजना छनोट हुने क्रममा हाम्रो विद्यालयलाई पहिलो प्राथमिकता दिइने भएर फारम भरिन्छ । तर, योजनामा पर्दैन । त्यो के कारणले हो । हामीलाई पनि थाहा छैन ।’

उनले गुनासो पछि विद्यालयको नगरप्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख सहितको टोलीले अनुगमन गरेका भएपनि बजेट परेन । भौतिक संरचना सँगै विद्यालयमा फर्निचरको पनि निकै समस्या रहेको उनले बताए । झ्याल ढोका नभएको उक्त भवनमा पटक पटक सर्प भेटिने गरेको उनले बताए । 

पुरानो जीर्ण भवन भएपनि त्यो भवनका कक्षा कोठा ठूला भएकाले कक्षा १ र २ का विद्यार्थीलाई पठनपाठनका लागि बसाउने गरिएको छ । प्रधानाध्यापक जौजीले कक्षा १ मा मात्रै ५० जना विद्यार्थी अध्ययनरत रहेको बताए । नयाँ निर्माण गरिएका भवनमा पनि फर्निचरको अभाव हुँदा पठनपाठनमा समस्या हुने गरेको उनले बताए । गाउँपालिकाको कार्यापालिका सदस्य मोहन राम वडले विद्यालयको व्यवस्थापन समिति १ वर्ष देखि निष्कृय अवस्थामा रहेको बताए । उनले दुई जना बीचको लडाइका कारण नयाँ व्यवस्थापन समिति पनि गठन गर्न नसकिएको उनले बताए । 

विद्यालयमा दुई पार्टीका उम्मेदवारले लडाइ गर्दा विद्यालय तहसनहस भएको स्थानीयको गुनासो छ । जसका कारण शिक्षकहरूले समयमा तलब पनि खान नपाउने समस्या रहेको छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख माहामल सिंह घटालले भने पञ्चेश्वरका धेरै विद्यालयले भौतिक संरचनाको समस्या खेपिरहेको बताए । उनले २/३ वर्ष अघि सशर्त अनुदान अन्तरगत विद्यालयलाई भवन प्राप्त हुने गरेकोमा सो रकम रोकिएपछि समस्या भएको बताए । उनले विगतमा सशर्त अनुदान अन्तरगत विगतमा ४ कोठे भवन पाइने गरेकोमा हाल सबै रकम काटिएकाले भवन अभाव भएका ठाउँमा काम गर्न समस्या भएको बताए ।

उनले प्रदेश सरकारबाट पनि उपलब्ध हुने रकम काटिएको बताए । गाउँपालिकाको सीमित रकमबाट भवन बनाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनले पालिकामा भएको एउटा विद्यालयलाई मात्रै पक्षपात गरी रकम नदिइएको भन्ने कुरामा सत्यता नभएको बताए । उनले दलित बस्तीमा भएको विद्यालय भएपनि नगरबाट कुनै विभेद नभएको बताए । 

भिडियो

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.