साता बित्दा पनि आफन्तले बुझेनन् डोटीका समीरको शव, अनुसन्धानमै प्रहरी

डोटी- मृत अवस्थामा फेला परेका डोटीका ३० वर्षीय समीर भट्टको शव आफन्तले अझै बुझेका छैनन् । दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका भट्टको शव आफन्तले नबुझेपछि अन्तिम संस्कार हुन सकेको छैन ।

maya metro hospital

मृतकका आफन्तले घटनाको एक हप्ता बित्दा पनि शव बुझ्न मानेका छैनन् । उनीहरुले समीरको हत्या भएको भन्दै हत्यारा पत्ता लगाई न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् ।

मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किएर घरतिर गएका समीरको शव १२ गते बिहान गाउँ नजिकै सडकको नालीमा भेटिएको थियो । घटना भिरबाट खसेको जस्तो देखाउन खोजे पनि अन्यत्र हत्या गरेर त्यहाँ फालिएको आफन्तहरूको दाबी छ ।

attariya hospital

समीरका आफन्तले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको थियो । दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टलाई किटानी जाहेरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि भने प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाएको थिएन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले नयाँ प्रविधिको प्रयोगका साथै विभिन्न ढंगबाट अनुसन्धान केन्द्रित गरेको जनाएका छन् । पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.