एलपिएल प्रतियोगिता : धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

धनगढी- धनगढीमा सोमबार (आज) बाट सुरु भएको एलपिएल प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पस (केएमसी)लाई ४३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

maya metro hospital

आज भएको पहिलो खेलमा फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए । ऐर उक्त खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए । उनले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए । अनिश अवस्थी र मान साउदले समान २/२ विकेट लिए ।

कैलालीका गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । टस हारेर ब्याटिंगको निम्तो पाएको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो । धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रनको योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

attariya hospital

हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । निरज ऐरले १० बलमा १ चौका र २ छक्काको मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले समान २/२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.