कञ्चनपुरमा पासोमा फसेको चितुवाको उद्दार

कञ्चनपुर – कञ्चनपुरमा सिकारीले थापेको पासोमा फसेको चितुवाको जिवितै उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको – ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट चितुवाको उद्दार गरिएको हो ।

maya metro hospital

आइतबार राती चितुवा पासोमा फसेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालय कञ्चनपुरलाई जानकारी गराएका थिए । उक्त चितुवाको सोमबार बिहान बेहोस गरेर उद्धार गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताएका छन ।

उनले चितुवाको आँखामा र पासो परेको कम्मर घाउ भएको बताए । चितुवा परेको पासो बँदेलका लागि थापिएको हुन सक्ने वन कार्यालयले अनुमान गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.