
धनगढी- धनगढीमा एक घरबाट ३ लाख नगद र ८ तोला सुन चोरी भएको छ । उपमहानगरपालिका–४ तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ३ लाख नगद र ४ तोला चाँदीका सामग्री चोरी भएको हो ।

पूजाका लागि सपरिवार बुधबार डोटी गएका उनीहरु आइतबार धनगढी घरमा पुग्दा चोरी भएको पाइएको बानियाले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए ।
