बेलडाँडी–दैजी सडकखण्ड अलपत्र छाड्ने ठेकेदारको खोजी


कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक अन्तरगत ठेकेदारले बेलडाँडी–दैजी सडकखण्ड अलपत्र छाडेपछि स्थानीय सरकारले चासो देखाएको छ ।अढाई बर्षमा सक्नुपर्ने काम साढे ६ बर्ष हुँदा समेत निर्माण सम्पन्न गर्नुको साटो बिचमै सडक अलपत्र छाडेपछि कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीमा डेलिगेसन दिएको हो । 

maya metro hospital

 दैजी बेलडाँडी सडकखण्ड अन्तरगत हुलाकी सडक खण्ड  अलपत्र  छ । हुलाकी सडक निर्माणमा निर्माण व्यवसायीले चरम लापर्बाही र हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले चासो नदेखाएपछि बेलडाँडी गाउँपालिकाले  डेलिगेसन दिएको गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताए ।

आइतबार बेलडाँडी गाउँपालिका प्रमुख हरिशन्द्र रानाले हुलाकी राजमार्ग आयोजना धनगढीका प्रमुख पारशमणी हमाल सहितका प्राविधिक कर्मचारीलाई भेटैरै उक्त अधुरो सडक निर्माणका लागि ठेकेदारलाई दवाव दिन ध्यानाकर्षण गराएका हुन । 

attariya hospital

‘बेलडाँडीदेखि दैजी भएर जिल्ला सदरमुकाम महेन्द्रनगर सहितका अन्य गन्तव्य जोड्ने उक्त सडक निर्विकल्प छ, ‘रानाले भने  ‘सो सडक निर्माण गर्नुपर्ने निर्माण व्यवसायीको दायित्व भएपनि अझैपनि पुरा नगर्दा जनतालाई यातायातमा सास्ती बेहोर्नु परेको छ ।’ 

 निर्माण कार्य सिघ्र अघि बढाईदिन वातावरण तय गर्नुपर्ने गाँउपालिकाले हुलाकी राजमार्ग आयोजना कार्यालयलाई  ध्यानाकर्षण गराएको हो । बेलडाँडी गाँउपालिकाले पटक पटक समयमै सडक निर्माणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.