धनगढी- धनगढीमा मिनी महोत्सव सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा आइतबारदेखि दुई दिने मिनी महोत्सव धनगढी उपमहानगरपालिकाको परिसरमा सुरु भएको हो ।
३२आँै अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शनका लागि महोत्सवको आयोजना गरिरएको अपाङ्ग महासंघका प्रदेश अध्यक्ष मानबहादुर साउँदले बताए ।
उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा निर्मित सामग्री, अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका तथा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुको बायोग्राफी, अपाङ्गता भएका व्यक्तिहरुको सम्भावना र चुनौति विषयक अन्तरक्रिया लगायतका कार्यक्रम हुने बताए ।
अपाङ्गता भएकाहरुलाई रोजगारी दिने नीजि संस्था र स्रोत कक्षामार्फत अपाङ्गता क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिने जनाइएको छ । धनगढीमा पहिलो पटक भएको मिनी महोत्सवमा १० वटा स्टल समेत रहेका बताइएको छ ।