धनगढी- कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन् । ४१ वर्षीय बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
आफन्तका अनुसार उनी १० दिनअघि घरबाट औषधी उपचार गर्न भन्दै भारत गएका थिए । भारतको लखिमपुरमा शवको पोष्टमार्टम गरेर शनिबार राति नै शव टीकापुर अस्पताल पु¥याइएको उनका आफन्त महेन्द्रसिंह बलमे बताए ।