
कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले एक लाख रुपैयाँ बढीका भन्सार छलीका सामान फेला पारेको छ । सशस्त्र प्रहरीले भन्सार छली भारतबाट ल्याइएका किराना तथा हार्डवेयरका समान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
आज भीमदत्त नगरपालिका गड्डाचौकीबाट अन्दाजी १ लाखभन्दा बढीको किराना र हार्डवेयरको समान बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।



















