धनगढीमा नक्सा पास बिनाका संरचना भत्काइदै

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडमा रहेको अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना भत्काइएको छ। शनिवार उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा बनेको घरका अवैध संरचना हटाइएको हो। घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थपेको र संरचना निर्माण गरेको पाइएपछि ती अबैध संरचना नगर प्रहरी र डोजरको सहयोगमा भत्काइएको हो।

maya metro hospital

अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको छ। सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

घरधनीले उपमहानगरपालिकाबाट अढाई तलाको नक्सा पास गरेको भएपनि तेस्रो तलामा ट्रस निर्माण गरेको, भवनको पूर्वतर्फ सडकमा ४ फिट २ इन्च छज्जा र छज्जामा बनेको स्टोर रुम र वाथरुम समेत सडक क्षेत्राधिकारभित्र परेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.