गोदावरीमा आयोजित वडास्तरिय ब्याडमिन्टन कपको उपाधी वडा नं. १ लाई

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा आयोजना गरिएको वडास्तरिय ब्याडमिन्टन कपको उपाधी वडा नं. १ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा वडा नं. ३ लाई २–१ को सेटले पराजित गर्दै वडा नं. १ ले उपाधी जितेको हो ।

maya metro hospital

निकै रोमाञ्चक बनेको फाईनल खेलमा वडा नं. १ का तर्फबाट सन्तोष भट्ट र भीम ठकुराठी तथा वडा नं. ३ का तर्फबाट चेतराज पाण्डेय र आषिश भट्टराईले प्रतिष्पर्धा गरेका थिए ।

attariya hospital

उपाधी जितेसँगै वडा नं. १ ले नगद रु. २० हजार १ सयका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नं. ३ ले नगद रु. १० हजार १ सयका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टोलीहरुलाई शनिबार समापन कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो । आयोजक गोदावरी विकास समितिका अध्यक्ष टेक बहादुर साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगरप्रवत्ता गोपाल दत्त भट्ट र वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थी रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।

कभर्ड हल निर्माणमा नगर सकारात्मक छ : नगरप्रमुख भट्ट

यसैबिच समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विरेन्द्र भट्टले नगरमा कभर्ड हल निर्माण कार्यमा नगरपालिका सकारात्मक रहेको बताएका छन । उनले वडा नं. ३ मा अधुरो अवस्थामा रहेको कभर्ड हल निर्माणमा नगरपालिका अग्रसर रहेको बताए ।

‘गत वर्ष सामाजिक विकास मन्त्रीसँगको अनुरोधमा हामीले यो कभर्ड हल निर्माणका लागि सहयोग पाएका थियौँ’ उनले भने ‘अहिले यो बजेट अभावका कारण अधुरो अवस्थामा छ, यसको पुर्णताका लागि कति बजेट आवश्यक पर्छ, प्राविधिक रिपोर्ट सहित नगरपालिकामा आउनुहोला, हामी यसलाई पुर्णता दिने कुरामा अगाडी बढ्नेछौ ।’

उनले गोदावरी नगरभित्र युवालक्षित खेलकुदका कार्यक्रमहरु धेरै कम मात्रामा भएकाले युवालक्षित खेलकुदका कार्यक्रमका लागि पनि कभर्ड हल निर्माण जरुरी रहेको बताए ।

‘पछिल्लो केही समय यता नगरका सबै वडाहरुमा युवालक्षित कार्यक्रमहरु कम भएका छन’ उनले भने ‘आगामी दिनमा खेलकुदको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन युवाहरुलाई प्रोत्साहित हुने किसिमका कार्यक्रमहरु ल्याईनेछन ।’ उनले शरिर स्वस्थ राख्न पनि खेलकुद आवश्यक भएकाले नगरले खेलकुदका क्षेत्रलाई प्राथमिकताका साथ हेर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.