३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: अधिकार कागजमै सीमित

 

अत्तरिया – नीतिमा अपाङ्गता भएकाहरूका लागि उच्च शिक्षा निःशुल्क भएको सुनेकी रुक्मणी नेगी आफू अध्ययनरत क्याम्पसमा मासिक शुल्क दिनुपर्दा मन अमिलो हुन्छ । कैलालीको अत्तरियामा रहको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्ययनरत नेगीले राज्यले अपाङ्गता भएकाहरूका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको आवाज उठाएपनि सुनुवाइ नभएको गुनासो गरिन । ‘अपाङ्गता भएकाहरूका लागि उच्च शिक्षा निःशुल्क भनिएको छ । तर, म आफैले अध्ययन गर्ने क्याम्पसमा अपाङ्गता भएर पनि शुल्क तिर्नुपर्ने बाध्यता छ’ उनको प्रश्न छ ‘किन कानुनमा निःशुल्क भनियो । यो किन कार्यान्वयनमा आएन ?’ उनले क्याम्पसमा आफूहरूले पटक पटक आवाज उठाएपनि सुनुवाइ नभएको बताइन् ।

Karma Consultancy

कागजमै सीमित बनेको शिक्षाको अधिकारबाट बञ्चित बनाएको राज्यले रोजगारीका अवसरमा पनि अपाङ्गता भएकाहरूलाई सौतेनी व्यवहार गरेको उनको गुनासो छ । स्थानीय स्तरमा खुल्ने रोजगारीका अवसरमा अपाङ्गता भएकाहरूलाई नसमेटिने गरेको उनले बताइन् ।

citizen security services

राष्ट्रिय अपाङ्ग महासङ्घका सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउदले अपाङ्गता भएकाहरूलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट नदिइने गरेको बताए । उनले राज्यको नीतिमा अपाङ्गता भएकाहरूलाई छुट दिने भनिएपनि व्यवहारमा कार्यन्वयन नआएको बताए । ‘काठमाण्डौमा सार्वजनिक सवारी साधनमा भाडा छुट दिइने गरिएको भएपनि काठमाडौं बाहिर त्यो नीति लागू भएको देखिदैन’ उनले भने ‘नेपालमा कानुन त एउटै होला तर, ठाउँ अनुसार फरक फरक व्यवहार किन गरिन्छ ?’ कानुनमा भएको भाडा छुटको व्यवस्था लागू गर्न धनगढी अत्तरियामा स्टल राखेर नै अनुरोध गरिएपनि सुनुवाइ नभएको बताए । उनले सार्वजनिक स्थल अपाङ्गता मैत्री हुनुपर्ने भएपनि त्यसमा पनि राज्यको ध्यान नपुगेको बताए ।

attariya hospital
belauri nagarpalika

उनले सुदूरपश्चिमको एक मात्रै अपाङ्गतामैत्री सुप समावेशी विद्यालयको स्तरोन्नतीमा पनि राज्यको ध्यान नपुगेको बताए । स्थानीय स्तरमा हुने खेलकुदका कार्यक्रम पनि अपाङ्गता भएका व्यक्तिहरूलाई नसमेटिने गरेको उनले गुनासो गरे । उनले भने ‘अपाङ्गता भएका व्यक्तिहरूले मात्रै खेल्न सक्ने खेलकुदका प्रतियोगिता पनि स्थानीय स्तरमा हुन आवश्यक छ ।’

दृष्टिविहीन लक्ष्मी चौधरीले अपाङ्गता भएकाहरू सूचनाको हकबाट पनि बञ्चित भएको बताइन् । उनले नगरपालिकाले टाँस गर्ने सूचनामा आफूहरूको पहुँच नपुग्ने बताउँदै दृष्टिविहीनहरूका लागि श्रव्य सामग्रीको व्यवस्था गरिनुपर्ने बताइन् । उनले दृष्टिविहीनहरूलाई अध्ययन गर्नको लागि अडियो सामग्रीको पनि उपलब्धता नभएको बताइन् ।

गोदावरी नगरपालिकाले भने अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । महिला तथा बालबालिका शाखाकी प्रभा हमालले अपाङ्गता भएका व्यक्तिहरूको सहायता सामग्रीका लागि साढे ४ लाख बजेट विनियोजन गरिएको बताइन् । उनले अपाङ्गता भएका र एचआइभी संक्रमित बालबालिकाका लागि ५ लाख बजेट विनियोजन गरिएको बताइन् । गोदावरी नगरपालिकाले हालसम्म ८३७ जनाले अपाङ्गता भएको परिचय पत्र पाएका छन ।

३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

आज ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितका ऐक्यबद्धता’ भन्ने नाराको साथ यस वर्ष अपाङ्गता दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घोषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.