बैतडीमा एक किशोरी बलात्कृत

बैतडी – बैतडीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाटन नगरपालिका–३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.