
धनगढी – भारतबाट २ करोड बढीको सुन चोरेर फरार भएको आरोपमा डोटीबाट एक जना पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारबाट कैलालीको धनगढीका हरिस रोकाया पक्राउ परेका हुन ।

भारतको पञ्जाबबाट करिब २ किलो सुन चोरेको आरोप लागेका उनलाई शनिबार पिपल्ला बजारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
