घरमै पुगेर ह्विलचेयर वितरण

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ मा घरमै पुगेर ह्विलचेयर वितरण गरिदैं आएको छ ।  मागमा आधारित रहेर वडा कार्यालयले घरमै पुगेर ह्विलचेयर वितरण गर्दै आएको हो ।

maya metro hospital

अपाङ्गता भएकाहरूको सहजताका लागि घरमा पुगेर अपाङ्गता भएकाहरूको सहायता सामाग्री वितरण गरिदै आएको वडा अध्यक्ष अर्जुन साउदले बताए । उनले चालु आर्थिक वर्षमा वडा र नगरपालिकाको समन्वयमा १० वटा ह्विलचेयर घरमै पुगेर वितरण गरिएको बताए । जसमा ४ वटा वडा कार्यालय र ६ वटा नगर सँगको समन्वयमा वितरण गरिएको थियो ।

घरमै पुगेर ह्विलचेयर वितरण गर्ने कार्यक्रम अन्तरगत शनिबार वडाका दुर्गा लुहार र कृष्ण नाथलाई घरमै पुगेर ह्विलचेयर वितरण गरिएको थियो ।

attariya hospital

‘दुर्घटनामा परेर होस वा जन्मजात । अपाङ्गता भएर ह्विलचेयर नभएकै कारण घरभित्र बस्नुपर्ने बाध्यता हामीले अन्त्य गर्न खोज्दै छौ’ उनले भने ‘अझै २ जनालाई वडा मार्फत तत्काल ह्विलचेयर वितरण गर्दै छौ ।’

कृषक समुह गठन

वडा कार्यालयले अपाङ्गता भएकाहरूलाई आयआर्जन सँग जोड्नको लागि कृषि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । वडा अध्यक्ष साउदले वडामा अपाङ्गता भएकाहरूका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नको लागि अपाङ्गता भएकाहरूको कृषक समुह गठन गरिएको बताए ।

‘चालु आर्थिक वर्षमा अपाङ्गता भएकाहरूको मागमा आधारित रहेर हामीले कृषिको कार्यक्रम छुट्याएका छौ’ उनले भने ‘कार्यक्रमबाट अपाङ्गता भएकाहरू आयआर्जन सँग जोडिनु हुनेछ ।’

उनले अपाङ्गता भएकाहरूको सहजताका लागि वडाबाट सबै सेवा सुविधा दिने गरिएको बताए । उनले भने ‘भत्ता वितरण, स्वास्थ्य उपचार जस्ता सेवा हामीले वडा कार्यालयबाट दिने गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.