धनगढीमा रानाथारू भाषा–साहित्य सम्मेलन हुने

धनगढी – राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा प्रथम रानाथारू भाषा–साहित्य सम्मेलन हुने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ ।

maya metro hospital

कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.