लालझाडीका इन्जिनियर माथि गरिएको हातपातको भत्सर्ना

धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर माथि भएको हातपातको रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च, सुदुरपश्चिम प्रदेश समितिले भत्सर्ना गरेको छ ।

maya metro hospital

शुक्रबार एक विज्ञप्ती जारी गर्दै समितिले गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथी भएको हातपातको भत्र्सना गरेको हो । समितिकी सुदूरपश्चिम प्रदेश समितिकी संयोजक सुशिला देउवाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा गाउँपालिका कार्यालयबाट निर्माणाधिन योजनास्थलमा बोलाई स्थानिय निर्माण व्यवसायीले अपमानजनक व्यवहार र अश्लील गालिगलौज गरि कुटपिट गरेको घटना प्रति घोर भत्सर्ना गरिएको जनाईएको छ ।

‘यस्तो किसिमका कार्यले पिडित कर्मचारीको मान सम्मान, प्रतिष्ठामा आघात पुग्नुको साथसाथै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोबलमा आघात पुगेको छ’ विज्ञप्तीमा भनिएको छ ‘यस्तो दुव्र्यवहारजन्य कार्य गर्ने जो कोहीलाई पनि कानुन बमोजिम छुट छैन ।’

attariya hospital

यस्ता कार्यले पिडित कर्मचारिको मान सम्मान, प्रतिष्ठामा अघात पुग्नुको साथसाथै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोबलमा अघात पुग्ने कार्य गरेकोले यस्ता दुव्यवहारजन्य काम गर्ने जोकोहीलाई पनि कानून बमोजिम छुट नभएको समितिले जनाएको छ । समितिले बिज्ञप्तीमा घटनामा संलग्न दोषीहरुलाई कानुनी कारवाहीको समेत माग गरेको छ ।

मंसिर ११ गते लालझाडी गाउँपालिकाको कञ्ज गाउँमा निर्माणाधिन सडक कालोपत्रे निर्माणस्थलमा इन्जिनियर अवस्थी माथि हातपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.