नयाँ नेतृत्व चयन गर्दै नेल्टा कैलालीको ११ औं साधारण सभा सम्पन्न

धनगढी – नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (नेल्टा) कैलालीको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

maya metro hospital

नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल रहेका थिए । नेल्टाका सचिव धर्मदेव नौन्यालले सञ्चालन गरेको कार्यक्रममा नेल्टा, कैलालीका पुर्व अध्यक्ष तथा सल्लाहाकार यज्ञराज पाण्डेय र केशव दत्त भट्ट विशिष्ट अतिथि, सुदूरपश्चिम प्रदेश नेल्टाका सह–सचिव अर्जुन रजवार, कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापकहरु मोहन सिङ साउँद, डा। हरिचन्द्र कमली र सिताराम भट्ट रहेका थिए ।

कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखि संस्थाको विकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

attariya hospital

एघारौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम केसी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिङ साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.