बैतडी- बैतडीको सुर्नया गाउँपालिका-८ दोराकी २० वर्षीया कल्पना महरा अझै भेटिएकी छैनन् । गत असोज २५ गते साँझबाट बेपत्ता भएकी उनी अजसम्म पनि नभेटिएकी हुन् ।
घर नजिकैको खरबारीमा गोरु चराउन गएकी कल्पनाको अहिलेसम्म पत्ता नलागेको उनका आफन्त मानबहादुर महराले बताए । उनका आफन्तहरुका अनुसार कल्पना कहिलेकाँही मुर्छा पर्ने र बेहोस पनि हुने गरेकी थिइन् ।
उनी बेपत्ता भएपछि आफन्तले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा कल्पना कतै नभेटिएकी र खोजि कार्य जारी नै रहेको बताएको छ ।