बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि लम्कीमा चक्काजाम

लम्की – बिहीवार साँझ बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको लम्कीमा पीडितका आफन्तले चक्काजाम गरेका छन् ।

maya metro hospital

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहन्याल गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको ज्यान गएको थियो ।
मृतकका आफन्तले बसको लापरवाहीले ज्यान गएको भन्दै उचित क्षतिपूर्तिको मागसहित लम्की चौराहमा सवारी साधन ठप्प पारेका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरिरहेका बिष्टलाई बसले ठक्कर दिएको थियो ।

attariya hospital

बसको ठक्करबाट गम्भीर घाइते भएका बिष्टको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।

पीडितका आफन्तहरुले सवारी साधन ठप्प पारेपछि पूर्वपश्चिम यातायात सेवा अवरुद्ध भएको छ । सडक सुचारु गर्न पीडित पक्षसँग छलफलको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.