बैतडीको सिगासमा पौष ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बैतडी- बैतडीको सिगास गाउँपालिकामा आउँदो पौष ७ गतेदेखि पालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शैक्षिक सत्र २०८० अन्तर्गत सातौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

maya metro hospital

सिगास गाउँपालिकाभरीका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बिहीबार बसेको संयुक्त बैठकले पौष ७ गतेबाट प्रतियोगिता सञ्चाल गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगिता अर्जुन मावि गाँजरीको खेलमैदानमा सञ्चालन गर्ने निर्णय भएको र १० गतेसम्म सञ्चालन हुने उनले बताए ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.