कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

अत्तरिया – कैलालीको लम्कीमा बसको ठक्कर बाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

Karma Consultancy
belauri nagarpalika

बिहिबार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

citizen security services

लम्कीचुहा नगरपालिका -२ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेको समयमा बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो ।

attariya hospital

त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लाई विष्टलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो । घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.