धनगढीको बेहडाबाबा धाममा २ करोड २५ लाख दीप प्रज्वलन गरिने

धनगढी- धनगढीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा धाममा आगामी फागुन २५ गते महाशिवरात्रीको अवसरमा दुई करोड २५ लाख दीप प्रज्वलन गरिने भएको छ ।

maya metro hospital

सुदूरपश्चिममा पहिलोपटक दुई करोड २५ लाख दीप दान महायज्ञ हुन लागेको आयोजक बेहडाबाबा फाउन्डेसनका अध्यक्ष पदमराज जोशीले बताए ।

उनका अनुसार महायज्ञमा दुई सय यजमान समावेश गरिने, एक जनाले ७ हजार १ सय रुपैयाँ दान दिन सक्ने र दानदाताको तर्फबाट सवा एक लाख बत्ती र तेल आदिको व्यवस्थापन आयोजक फाउन्डेसनले गर्ने छ ।

attariya hospital

विश्व कल्याणको कामना गर्दै विभिन्न प्राकृति विपत्ति नहुन भनेर महायज्ञ गरिन लागेको प्रमुख यज्ञाचार्य मनिराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.