धनगढीमा अपाङ्गता युवा उद्यमशीलता मिनी महोत्सव हुने

धनगढी- धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव हुने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ, सुदूरपश्चिम प्रदेशले ३२औँ अपाङ्गता दिवसको अवसरमा मिनी महोत्सव आयोजना गर्न लागेको हो ।

maya metro hospital

महासंघका प्रदेश अध्यक्ष मानबहादुर साउँदका अनुसार मंसिर १७ र १८ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा महोत्सव हुनेछ । ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मूल नाराका साथ दुई दिने मिनी महोत्सवमा अपाङ्गता भएका व्यक्तिले निर्माण गरेका विभिन्न सामग्री राखिने साउँदले बताए ।

महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न व्यवसायी, विद्यालयका बालबालिका र सर्वसाधारणलाई महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने उनले बताए । महोत्सवमा अपाङ्गगता भएक व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएक व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षेत्रका विभिन्न संस्थालाई सम्मान गरिनेछ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.