सहिद दशरथचन्दको जन्मघर पुगे एमाले अध्यक्ष ओली

बैतडी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहिद दशरथचन्दको जन्मघर पुगेका छन् । बिहीबार बिहान ओली लगायतका नेताहरू बैतडीको बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघर पुगेका हुन् ।

maya metro hospital

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न अध्यक्ष ओली बैतडी पुगेका छन् । झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेपछि सहिद दशरथचन्दको जन्मघर गएका ओलीसहितका नेताहरुले उनको सालिकमा माल्यार्पण गरेका छन् ।

सहिद दशरथचन्दको घरलाई पाहुना घरको रुपमा विकास गरिएको छ । सो घरमा राखिएको आगन्तुक पुस्तिकामा नेताहरूले हस्ताक्षर पनि गरेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.