कैलालीमा दुई मोटरसाइकल ठोक्किए, एक युवकको मृत्यु

कैलाली- कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । बुधवार बेलुका सुमन थारुले चलाएको से७प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१० प १९०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

maya metro hospital

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा भएको दुर्घटनामा बर्दगोरिया–२ का २५ वर्षीय सुमन थारुको मृत्युको भएको प्रहरीले बताएको छ । थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति मृत्यु भएको बताइएको छ ।

त्यस्तै, दुर्घटनामा अर्का चालक बर्दगोरिया–२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.